Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धनगढीमा भीषण आगलागी

धनगढीमा भीषण आगलागी

  • धनगढी । कैलालीको धनगढीमा गएराती भएको भीषण आगलागीमा ठूलो क्षति भएको छ । जुक्ता गोदामबाट सुरु भएको आगलागीमा सारथी अस्पताल सहित अन्य आठ पसलमा क्षति पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    धनगढी उपमहानगरपालिका– १ स्थित सारथी अस्पताल नजिकै दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार आगलागी शनिबार बिहान १ बजेतिर सुरु भएको र त्यसले सारथी अस्पतालसहित आठ पसलमा क्षति भएको छ ।

    AGNI GROUP

    अस्पतालमा आगलागी भएपछि त्यहाँ उपचाररत बिरामीलाई सुरक्षीत स्थानमा सारिएको भए पनि अस्पतालका धेरैजसो उपकरणमा क्षति पुगेको छ ।

    आगलागीमा मधुमाला देवी सप, भट्ट सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ्ग सेन्टर, न्यू सदिक्षा ईन्टरप्राईजेजी, भण्डारी सु –सेन्टर र भट्ट ट्रेडर्स एन्ड सप्लायर्स जलेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली सहित स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

    धनगढी उपमहानगरको २, गोदावरी नगरपालिकाको १, पुनर्वास नगरपालिकाको १  गरी कूल ४ वटा दमकलको प्रयोगबाट आगलागी नियन्त्रणमा लिइएको थियो ।

    यद्यपी आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij