Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

  • काठमाडौं । पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । धनतेरसलाई लक्षित गरी काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो ।

    images
    images
    images

    टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको जानकारी दिए । राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ ग्रामका सिक्का (मेडालियन) बिक्री गर्दै आएको छ । त्यस्तै राष्ट्र बैंकले सुनचाँदीको प्रचलित बजार मूल्यमा निर्माण लागत थप गरी सिक्का बिक्री गर्दै आएको छ ।

    राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुन–चाँदीका सिक्का बिक्री गर्दै आएको छ । राष्ट्र बैंकका कर्मचारीहरुका अनुसार विगतका वर्षहरुमा भन्दा यस वर्ष सुन–चाँदीका सिक्काको माग बढी छ । यस वर्षको तिहारको धनतेरस आज परेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij