
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । सो बैठक वनस्थलीस्थित पार्टी कार्यालय घण्टीघरमा दिउँसो १ बजे बस्ने रास्वपाका महामन्त्री एव प्रवक्ता डा. मुकुल ढकालले जनाएका छन् ।
उनका अनुसार बैठकमा पश्चिम नेपालमा गएको भूकम्पमा पार्टीले गरेका कार्य, भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनःनिर्माणमा सरकारको जिम्मेवारीबारे समीक्षा तथा पार्टीको महाधिवेशन प्रक्रियासम्बन्धी छलफल गरिने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij