Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सात जना जुवाडे पक्राउ

सात जना जुवाडे पक्राउ

  • काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका-११ कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेस्टुरेन्ट एण्ड स्नोकर हाउसमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी घर भई हाल काठमाडौँ गोकर्णेश्‍वर नगरपालिका-८ बस्ने ३५ वर्षीया मिरू तामाङ समेत ७ जना रहेका छन्।

    images
    images
    images

    उक्त स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २३ हजार ६ सय ८० रुपैयाँ र ८ दाना ओखरसहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij