Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

भूकम्प पीडितका लागि मीनबहादुर गुरुङद्धारा १ करोड ११ लाखको चेक हस्तान्तरण

भूकम्प पीडितका लागि मीनबहादुर गुरुङद्धारा १ करोड ११ लाखको चेक हस्तान्तरण

  • काठमाडौँ । भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्‍चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । भाटभटेनीका तर्फबाट गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर गुरुङले पत्नी सावित्री गुरुङसहित उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएकोसमेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । यसअघिका भूकम्प, कोभिड, बाढीपहिरो लगायतका दैवी विपत्तिमा पनि भाटभटेनीले मानवीय सहयोग गर्दै आएको छ । 

    जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij