Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले जुवा खलेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका–१० टाहाखेल का ३९ वर्षीय कुमार भन्ने टुकनाथ घिमिरे, बागमती गाउँपालिका–१ घुसेल घर भएका ४० वर्षीय नारायण गौतम, गोदावरी–१० टाहाखेल का ३७ वर्षीय निराजन न्यौपाने, सोही ठाउँका १९ वर्षीय श्याम महर्जन, कोञ्ज्योसोम गाउँपालिका–२ शंखुका ४७ वर्षीय उद्धव बजगाई, बागमती–५ का ४२ वर्षीय पासाङ स्याङतान तामाङ, सोही ठाउँका २७ वर्षीय माधव घिमिरे र बागमती–४ का ३५ वर्षीय रमेश तिमिल्सिना छन् ।
उनीहरुलाई गोदावरीको टाहाखेलस्थित टुकनाथको घरबाट पक्राउ गरिएको हो । उनीहरुबाट १५६ पत्ती तास र २ लाख ७ हजार नगद बरामद समेत भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij