
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । मोरङको विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको आरोपमा तीन जना यातायात मजदुर पक्राउ परेका छन् । प्रहरीले आइतबार राती २५ वर्षिया युवतीमाथि विराटनगर महानगरपालिका ३ मा बलात्कार भएको जनाएको छ ।
पीडितका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले धनुषाका ४३ वर्षका टेकबहादुर तामाङ, २० वर्षका विनोद चौहान र सिन्धुलीका १६ वर्षका एक नाबालकलाई पक्राउ गरेको छ । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । चौहान सहचालक हुन् ।
१६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीले जनाएको छ । विराटनगर बसपार्कमा रहेको होटलमा खाना आएर अटोमा बसपार्कतर्फ फर्किरहको तीनै जनाले ती युवतीलाई ललाईफकाई ट्रकमा ल्याएर बलात्कार गरेको पीडित परिवारको दाबी छ ।
युवती चिच्याएको सुनेपछि घटनास्थलमा पुगेकाहरूले प्रहरीलाई खबर गरेका थिए । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij