Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

झापामा दुई जना बलात्कृत

झापामा दुई जना बलात्कृत

  • काठमाडौं । झापामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मेचिनगर नगरपालिका–११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कुँवरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका–६ घर भई हाल झापा बिर्तामोड नगरपालिका–६ श्यालडाँगी बस्ने २७ वर्षीय प्रकाश तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    AGNI GROUP

    तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij