Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई दुई लाख सहयोगको घोषणा

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई दुई लाख सहयोगको घोषणा

  • काठमाडौँ । इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् ।  

    onlinepatrika
    Arghakhachi

    शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै मुख्यमन्त्री शाहले राहतको घोषणा गरेका हुन् । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार तथा मृतक विद्यार्थीको शव स्वदेश ल्याइदिन दुवै देशका सरकारसँग अनुरोध गरेका छन्।

    AGNI GROUP

    इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किबुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएका छन् । उनीहरू सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij