
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दैछ । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने जानकारी दिए ।
यसअघि बैठक यही असोज १७ गते बुधवार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।
बागमती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ । बैठकमा प्रतिपक्षी सदस्यले सरकारले प्रस्तुत गरेको सो विधेयकलाई विरोध जनाउँदै आएका छन् । सरकारले सदस्यलाई पूर्व जानकारी नै नदिई सिधै बैठकमा चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल एमालेले विरोध गर्दै आएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij