Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

४ करोड राजश्व छली मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

४ करोड राजश्व छली मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

  • काठमाडौँ । झन्डै ४ करोड राजश्व चुहावटको मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । बुधबार कपिलवस्तुको शिवराज नगरपालिका-४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ बस्ने कुतबुद्दिन शेषलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

    images
    images
    images

    कपिलवस्तुको चन्द्रौटाबाट ३६ वर्षका शेषलाई पक्राउ गरिएको हो । उनीविरूद्ध नेपाल पान मसला उद्योग चलाउँदा ३ करोड ९९ लाख १० हजार ९०३ रुपैयाँ राजश्व छलेको मुद्दा छ ।

    images

    उच्च अदालत तुलसीपुरले उक्त मुद्दामा शेषलाई ६ महिना कैदसँगै विगो र जरिवाना गरी उनीबाट ५ करोड ९८ लाख ३६ हजार ३ सय ५५ रुपैयाँ असुल्न आदेश दिएको थियो । बिहीबार ब्युरोले शेषलाई  काठमाडौं जिल्ला अदालतमा बुझाएको छ  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij