
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलोनबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
असोज १० गते सम्पन्न भएको उक्त सम्झौताअनुसार रुपन्देही नगरपालिका –०७ देवदह स्थित एनएस युनिसेक्स सलोनले प्रदान गर्ने हेयरकट र हेयर स्ट्रेटसेवामा कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यो सुविधा बैंकसँग आबद्धताको प्रमाणको आधारमा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij