Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सम्पर्कविहीन दुई डाक्टरलाई हाजिर हुन निर्देशन

सम्पर्कविहीन दुई डाक्टरलाई हाजिर हुन निर्देशन

  • काठमाडौँ । गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन दुई जना डाक्टरलाई हाजिर हुन निर्देशन दिएको छ । बुधवार सूचना प्रकाशित गरी गृहले डा. केशव श्रेष्ठ र डा.बालकृष्ण ज्ञवालीलाई एक साताभित्र हाजिर हुन निर्देशन दिएको हो ।

    images
    images
    images

    सम्पर्कविहीन दुई डाक्टर सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका डा. श्रेष्ठ र नेपाल प्रहरी अस्पताल महाराजगन्जका सर्जिकल शाखाका डा. ज्ञवालीलाई सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली स्पष्टीकरण सहित हाजिर हुन मन्त्रालयले सूचनामार्फत निर्देशन दिएको हो ।

    यसअघि खोजतलास गर्दा र प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम १ अनुसार सूचना टाँस गर्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको उल्लेख गरिएको छ । हाजिर हुन नआएमा प्रहरी नियमावली २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij