Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

चिकित्सकहरू पनि विरोध प्रदर्शनमा

चिकित्सकहरू पनि विरोध प्रदर्शनमा

  • काठमाडौँ । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन् । सो प्रदर्शनमा काठमाडौंका पाटन, वीर अस्पताल, टिचिङ अस्पताललगायतका चिकित्सकहरू आएका छन् ।

    images
    images
    images

    चिकित्सकहरू आन्दोलनमा गएपछि अस्पताल पुगेका कतिपय बिरामीहरू उपचार नपाई फर्किन बाध्य भएका छन् । पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए ।

    images

    लमजुङ जिल्ला अस्पतालमा आइतबार राति बेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टरमाथि कुटपिट गरेका थिए भने यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए । चिकित्सकहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ कार्यान्वयनको माग गरेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij