Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार अपराह्न चार बजे सो बैठक बोलाइएको हो । संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टबारे छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।

    images
    images
    images

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए । यो निर्णयबाट जन्मकैदको सजायँ पाएका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल लगायतले उन्मुक्ति पाएका थिए । त्यस्तै जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरुको बि्रफिङबारे पनि छलफल हुनेछ । रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij