Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

नवजात शिशु बिक्री प्रकरणमा अस्पताल सञ्चालक पक्राउ

नवजात शिशु बिक्री प्रकरणमा अस्पताल सञ्चालक पक्राउ

  • काठमाडौँ । नवजात शिशु बिक्री गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न विराटनगरस्थित ग्रिन क्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार नवजात शिशु बिक्री प्रकरणमा हस्पिटलबाट संस्थागत त्रुटी भएको अनुसन्धानबाट खुलेपछि खवासलाई पक्राउ गरिएको हो । 

    images
    images
    images

    पक्राउ पर्नेको सङ्ख्या डा. तपेश्वरलाल कर्णसहित सातजना पुगेको छ । भोजपुरको हतुवा गढी गाउँपालिकाकी २६ वर्षीया अविवाहित महिलाबाट जन्मिएको एक दिनको शिशु कर्णले पाँच लाख रुपैयाँमा बेचेको अनुसन्धानबाट खुलेको छ । मोरङको कटहरी गाउँपालिका २ की मनमाया राजवंशीलाई उनले असार १४ मा ५ लाख रुपैयाँ लिएर शिशु बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका ६८ वर्षीय डा. कर्णसहित ७ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने तयारी अगाडि बढाएको छ । संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij