
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । धादिङमा खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्दलेख गाउँपालिका–१ का ५८ वर्षीय मानबहादुर गुरुङ छन् ।
खेतमा सँगै काम गरेर फर्कने क्रममा विवाद हुँदा गुरुङले जीवन परियारको टाउकामा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । थप उपचारका लागि काठमाडौं रिफर गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गुरुङलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij