
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगका एक फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन् । मोतिहारी विहार प्रदेश घरभइ हाल बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ बस्ने ३४ वर्षीय राम बामबाबु कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ जिल्ला अदालतले कुमारलाई २०७६ साल असार २५ गते अपहरण, शरीर बन्धक तथा ज्यान पार्ने उद्योग मुद्धामा २ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट खटिएको टोलीले कुमारलाई पक्राउ गरी लगत कट्टाको लागि सोमबार बागलुङ जिल्ला अदालतमा पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij