Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

ठक्करबाट बालिकाको मृत्यु

ठक्करबाट बालिकाको मृत्यु

  • काठमाडौँ  । टिपरको ठक्करबाट सिन्धुपाल्चोकमा एक बालिकाको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकस्थित चौतारा–बन्देउ सडकखण्डमा बा ५ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा बाह्रबिसे नगरपालिका–३ की १२ वर्षीया बेली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    images
    images
    images

    जिप्रका सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक संजिवकुमार यादवका अनुसार चौताराबाट बन्देउतर्फ जाँदै गरेको उक्त टिपरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

    टिपर चालक चौतारा साँगाचोकगढी–१२ का २८ वर्षीय सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij