
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौराका लागि बैतडीका स्थानीय तहहरूले सार्वजनिक बिदा दिन थालेका छन् । जिल्लाको सुर्नया र दोगडाकेदार गाउँपालिकाले कार्यपालिका बैठकबाटै निर्णय गराएर भदौ २१ र २२ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
भदौ २१ गते गौराको मुख्य दिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ । सोहि अवसरमा पालिकाहरूले बिदा दिएका हुन् । २१ र २२ गते पालिका भित्रका सबै कार्यालय एवं संस्था बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij