Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गाउँपालिकाका अध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारले सोलार बत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोपमा उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो। गत साउन ३१ गते अख्तियारको इटहरी कार्यालयको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट २ लाख नगद र ३ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।

    AGNI GROUP

    अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानका क्रममा यो प्रकरणमा गाउँपालिका अध्यक्षकै मिलेमतो देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij