
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका १७१ जना अधिकारीहरूको सरुवा गरेको छ । भदौ १९ को आयोगको बैठकले सचिवदेखि उपसचिवसम्मको सरुवा र भरखरै बढुवा भएका सचिवको पदस्थापन गरेका हुन् । तीन जना विशिष्ट श्रेणी (सचिव) का अधिकृतहरूको न्यायसेवा आयोगले सरुवा गरेको छ ।
जसअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा पुगेका छन् । त्यस्तै कानुन आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लीलादेवी गड्तौला (निरौला) लाई सरुवा गरिएको छ भने सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई कानुन आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै फणिन्द्र गौतमलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरिएको छ । त्यस्तै न्याय सेवा आयोगले १२ जना सहसचिव र १५६ जना उपसचिवको पनि सरुवा गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij