Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । क्रिप्टो (Binance) कारोबारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-४ पासिकोट बस्ने सिन्धुपाल्चोक वलेफि गाउँपालिका-३ ठेगाना भएका २७ वर्षीय पुरूषोत्तम कार्की रहेका छन ।
सामाजिक सञ्जाल फेसबुकमा सेलर ग्रुपमा आवद्ध भई Binance ID खोली USDT (क्रिप्टो) खरिद बिक्रीको लागि सम्झौता गरी विभिन्न व्यक्तिहरूको Binance ID $ 3,726.98 (USDT) बराबरको राखी सोही Binance ID बाट विभिन्न व्यक्तिहरूखो बैंक खाता लगायत वालेटहरूमा रकम ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न कार्कीलाई पक्राउ गरेको हो ।
उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij