Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

भुटानविरुद्ध नेपालको विजय

भुटानविरुद्ध नेपालको विजय

  • काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ । नेपालले जितका लागि पाएको ४० रनको लक्ष्य १३ ओभरमा पुरा गर्यो ।

    images
    images
    images

    नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् भने कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । त्यस्तै भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १-१ विकेट लिए ।

    भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १-१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।

    यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १-१ विकेट लिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij