
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । शुक्रवार बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्कले आईपीओ बाँडफाँड गरेको थियो ।
जसमा ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका हुन् । बाँकी ६ दाख ९८ हजार ८६२ जना आवेदकहरूको हात खाली हुन पुगेको छ । कूल १४ लाख ६६ हजार ८६२ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका थिए ।
जसमध्ये ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले जनाएको छ । योग्य आवेदक १४ लाख ६० हजार ६१ जनालाई गोला प्रथामा सहभागी गराएर आईपीओ बाँडफाँड गरिएको हो ।
साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि कूल ७६ लाख ८० हजार कित्ता आईपीओ प्रिमियम मूल्यमा बिक्री खुला गरेको थियो । प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर कम्पनीले २३९ रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij