Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • काठमाडौँ । मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-४ स्थित ओमसाई पेट्रोल पम्पनजिक मंगलबार बिहान दुर्घटना भएको हो ।

    images
    images
    images

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको हो । 

    दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको तेरहौता घर भएका २८ वर्षीय निरज यादवको मृत्युु भएको हो । गम्भीर घाइते भएका उनको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । 

    शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । टिपर र झापाको मेची नगर नगरपालिका-११ का ४४ वर्षीय चालक वीरबहादुर शेर्पालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij