Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क ३ लाख ३८ हजारबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । सोही शुल्कवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस इकाइका सभापति अनशनमा बसेका छन् ।
शुल्कवृद्धि फिर्ता र अनशनरत विद्यार्थी सुलभ चापागाईंको जीवन रक्षाको माग गर्दै नेविसंघका विद्यार्थीले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, विजय महतो, नेविसंघ प्राविधिक विद्यार्थी परिषदका केन्द्रीय अध्यक्ष राजेन्द्र चटौत, नेविसंघ काठमाडौंका अध्यक्ष अन्सुल केसी, ललितपुर अध्यक्ष सरोज घोरासैनी, नेताहरु सौगात फुयाल सलन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij