
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । खोटाङमा पहिरो जाँदा दुई वटा घर र चार वटा गोठ गरी तीन लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । गएराति गएको पहिरोले खोटाङको चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङ र ऐँसेलुखर्क गाउँपालिका–७ माक्पाका तेजबहादुर कामीको घर पुरेको हो ।
यस्तै, चार वटा गोठ पुरिँदा दुई वटा भैँसी, दुई वटा पाडा, एउटा गोरु र सात वटा खसी बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij