Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । शिव शिखर बहुउेश्यीय सहकारीका सञ्चालकविरुद्ध ठगी अभियोगमा मुद्दा दायर भएको छ ।
बचत कर्ताको करोडौँ रुपैयाँमा उठाएर उनीहरुलाई फिर्ता नगरी ठगी गरेको अभियोगमा सिआइवीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो । देशका विभिन्न भागमा शाखा कार्यालय स्थापना गरेर १० अर्ब रुपैयाँ संकलन गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका अनुसार सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती तथा शिखर अर्गनाइजेशनका निर्देशक गीता शर्मा, सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याल, गार्डेन मार्टका प्रबन्धक तथा सहकारीको लेखा समितिका सदस्य रमेश खाइजु, सहकारीका प्रबन्धक तथा खाता सञ्चालक रसना शाक्य, शिखर अर्गनाइजेशनका मेनेजर पुस्कर मल्ल, संस्थाको सञ्चालक समितिका सदस्य अमिश राजभण्डारीलाई प्रतिवादी बनाइएको छ ।
उनीहरुलाई यसअघि नै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । अरु जिल्लामा पनि शिव शिखरले गठी गरेको भन्दै उजुरी परेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij