Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भारतीय गायिका शिल्पा राव नेपाल आएकी छन् । शुक्रबार सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन गायिका राव बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनले १४ वटा जति गीत गाउने जनाइएको छ ।
रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गर्न लागेको सो कार्यक्रममा भाग लिन राव पहिलो पटक नेपाल आएकी हुन् ।सो कार्यक्रममा सहभागी हुन चाहनेले माई पे अनलाइनमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij