
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन् । आज बिहान अध्यक्ष लिङ्देन त्यसतर्फ लागेका हुन् । पार्टीका प्रवक्ता एवं प्रचा विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भातृसंगठन प्रवासी नेपाली एकता समाजको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी साउदी अरब गएका हुन् ।
साउदी अरबका प्रमुख सहरहरू जेद्दा,दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने,राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने तथा प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा अध्यक्ष लिङ्देन सहभागी हुनेछन् ।
त्यस्तै युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट गर्ने,राजदूतावासका अधिकारीसँग छलफल गर्ने,नेपाली श्रमिकको अवस्थाबारे स्थलगत अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभा तथा विविध कार्यक्रममा अध्यक्ष लिङ्देन सहभागी हुने कार्यक्रम छ । उनी भदौ १२ गते स्वदेश फर्कने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij