
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । बलात्कारको आरोपमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् । मोरङको बेलबारी नगरपालिका-१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार एक २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो । सो जाहेरीमा असार २ गते बलात्कार गरेको भन्ने उल्लेख छ । गत साउन २४ गते तामाङविरुद्ध किटानी जाहेरी परेको थियो ।
पोललाइट रेस्टुरेन्टका सञ्चालक तामाङले सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij