
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बङ्गलादेशबाट जहाज चार्टर्ड गरेर पहिलो पटक एक सय ४५ जना पर्यटक नेपाल आएका छन् । बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । हिमालय एयरलाइन्सबाट आजै साँझ थप बङ्गलादेशी पर्यटक नेपाल आउने कार्यक्रम छ ।
नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले व्यवस्थापन गरेको छ । बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो संख्यामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेले जनाएका छन् ।
बङ्गलादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लब टुरमार्फत बङ्गलादेशी पर्यटक नेपाल आएका हुन । ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचारप्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले उल्लेख गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij