
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप ५ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन् । अहिलेसम्म नयाँ लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको हो । बिहिबार बसेको सेबोनको बैठकले थप कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो ।
पहिलो चरणमा लाइसेन्स पाएका ७ वटा ब्रोकर कम्पनीहरुले भने कारोबार सुरु गरिसकेका छन् । ४३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका लागि सेबोनले आशयपत्र दिएको थियो । यी मध्ये ६ वटाले मात्रै लाइसेन्स पाउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij