
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आइतबार नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ । नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब १ करोड ८४ लाख ६० हजारको कारोबार भएको छ ।
आज निर्जीवन बीमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक १.८७ प्रतिशतले बढेको छ । त्यस्तै माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०.३५ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij