Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जिल्लाको मन्थली स्थित एजिएस होटलको तीन तला माथिबाट खस्दा एक चालक घाइते भएका छन् । काठमाडौंबाट बीएबी १८७९ नम्बरको इलेक्ट्रोनिक (इको) भ्यानमा चौधरी ग्रुपको मार्केटिङ काम गर्दै आएका काठमाडौं चन्द्रागिरी नगरपालिका १२ का अन्दाजी ५० वर्षका गोबिन्द दास महर्जन घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
महर्जनलाई रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल पठाइएको पनि निरीक्षक थापाले जानकारी दिए । घटनाको कारण अहिलेसम्म पनि खुल्न नसकेको र थप अनुसन्धान भइरहेको थापाले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij