
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । सिन्धुपाल्चोकको खाडीचौरमा गुडिरहेको एउटा यात्रुवाहक बस पसलमा ठोक्किएको छ । दोलखाबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा ४ ख १९३३ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भई पसलमा ठोक्किन पुगेको लामोसाँघु प्रहरी चौकीका इन्चार्ज असई अनिश केसीले जानकारी दिए ।
बस ठोक्किँदा दुई वटा पसलमा क्षति पुगेको उनले बताए । शुक्रबार बिहान ११ बजेतिर भएको दुर्घटनाबाट ९ यात्रु घाइते भएका छन् । घाइते हुनेमा एक जना बालक पनि छन् । उनीहरूको सदाबहार अस्पताल र खाडीचौरकै मेडिकलमा उपचार भइरहेको छ ।
घटनाको अनुसन्धान पनि भइरहेको असई केसीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij