
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । मुम्बई लैजाँदै गरिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाइल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेसनबाट उद्धार गरिएको हो ।
‘किन इन्डिया’का परामर्शकर्ता लक्ष्मी विष्टका अनुसार एक व्यक्तिले राम्रो काम लगाइदिने र चलचित्रमा समेत काम दिलाइदिने प्रलोभनमा पारी ती किशोरीलाई घर परिवारमा जानकारी नगराई लगिएको थियो ।
मुम्बई जान हिँडेकी उनलाई त्यहाँ कुन ठाउँ जाने भन्नेसमेत जानकारी नभएको उनले जानकारी गराए । बालिकालाई अहिले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा ‘सीडब्लूसी’ मा पेस गरी सुरक्षित आवास गृहमा राखेर परामर्श भइरहेको र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फिर्ता गराइने किन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij