
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन् । टेलिकमको सञ्चालक समितिमा अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे नियुक्त भएका हुन् । पाण्डे साउन १० गते नियुक्त भएका हुन् ।
त्यस्तै पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन् । अर्थ मन्त्रालयको तर्फबाट नेपाल टेलिकमको सञ्चालक समितिमा एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो ।
यसअघि सो पदमा उत्तम कुमार खत्री थिए । अहिले टोक राज पाण्डेलाई सो जिम्मेवारी दिइएको हो । पाण्डे हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij