
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल टेलिकमका ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । बुधबार एक सूचना जारी गर्दै टेलिकमले ढुवानीका क्रममा ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जानकारी दिएको हो ।
सि.नं. ११२२१२००१२७८०००१ देखि ११२२१२००१३८०००० सम्मका ‘नमस्ते’ ब्रान्डको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको टेलिकमको भनाइ छ ।
यदी उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथा बिक्री वितरण नगर्नुहुन सम्पूर्ण ग्राहक तथा वितरकहरूमा नेपाल टेलिकमले अनुरोध गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij