Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निष्कर्षविहीन, तीन दलका शीर्ष नेताहरूको बैठक

निष्कर्षविहीन, तीन दलका शीर्ष नेताहरूको बैठक

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको मंगलबारको छलफल पनि निष्कर्षविहीन बनेको छ । सत्तापक्षले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष एमालेको माग नमानेपछि बैठक निष्कर्षविहीन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री दाहालले अस्वीकार गरेको बताए ।

    AGNI GROUP

    प्रहरी र राज्यका सम्बन्धित निकायले क्विन्टल सुन तस्करीको छानबिन गरिरहेको र उनीहरूलाई विश्वास गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ रहेको छ । तर एमालेले भने उक्त छानबिनलाई प्रभावित नपर्ने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij