
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार भीजी इम्पेक्सबाट आयात गरिएका विद्युतीय गाडी इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । बैंकका अनुसार हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुनेछ ।
बैंकले यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने विश्वास लिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij