Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । प्रभु बैंक र कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको कुल १२ लाख ६० हजार ५२९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कुमारी बैंकले ३४ हजार ५९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । जसमा शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र सो शेयर खरीद गर्न पाउनेछन् ।
त्यस्तै प्रभु बैंकले विद्यमान संस्थापक शेयरधनीहरूका लागि ३ लाख ८ हजार ८२९ कित्ता र अन्य व्यक्ति तथा संस्थाहरूले ९ लाख १७ हजार १०८ कित्ता खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । यसका लागि आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
कुमारी बैंक र प्रभु बैंककै संस्थापक शेयरधनीहरूका लागि मात्र जारी भएको शेयर खरीदका लागि भने आगामी ३५ दिनभित्र सम्बन्धीत आवेदन पेश गर्नुपर्नेछ ।यसका लागि केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय नक्साल, नागपोखरी , काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गरिएको यो शेयर तोकिएको अवधिभित्र वितरण हुन नसकेकोमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गरिने जानकारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij