Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुन तस्करी प्रकरण: छानबिन आयोगको माग गर्दै एमालेले संसद् बैठक अवरोध गर्ने

सुन तस्करी प्रकरण: छानबिन आयोगको माग गर्दै एमालेले संसद् बैठक अवरोध गर्ने

  • काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठक नेकपा एमालेले पनि अवरोध गर्ने भएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरे पनि सरकारले त्यसमा चासो नदेखाएको भन्दै एमालेले बैठक चल्न नलिने तयारी गरेको हो ।

    images
    images
    images

    यस विषयमा रास्वपाले समेत संसद अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठक चल्न नसक्ने एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिए ।

    ‘सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठनमा अहिलेसम्म चासो दिएको छैन । त्यसैले आजको बैठक पनि चल्न सक्ने देखिँदैन’, प्रमुख सचेतक गिरीले भने, ‘सरकारले माफी माग्दै जाने हामी दिँदै जाने कुराले हुँदैन ।’

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij