Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शान्ति सैनिकले गरे आत्महत्या

शान्ति सैनिकले गरे आत्महत्या

  • काठमाडौं । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एकजना नेपाली शान्ति सैनिकले आत्महत्या गरेका छन् । जाजरकोटको खलङ्गा गाउँपालिका–६ का अमल्दार रामबहादुर बाँठाले यही साउन ११ गते झुण्डिएर आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ । दक्षिण सुडानमा तैनाथ शेर गण १२औँ डफ्फामा उनी कार्यरत थिए ।

    images
    images
    images

    नेपाली सेनाका अनुसार दक्षिण सुडानको रुक्बेकस्थित गणको मुख्यालयमा रहेको भेहिकल वर्कसपमा घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनी फेला परेको हो । हाल उनको पार्थिव शरीर पोष्टपार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको र पोष्टमार्टमपश्चात् स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij