Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सूर्योदय वोमी लघुवित्तको सेयर लिलामीमा

सूर्योदय वोमी लघुवित्तको सेयर लिलामीमा

  • काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब ८६ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ८५ हजार ९४० कित्ता संस्थापक सेयर शुक्रबारबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।

    images
    images
    images

    विद्यमान संस्थापक सेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले यो सेयरमा खरिद आवेदन दिन सक्नेछन् । सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २६२ रुपैयाँ तोकिएको छ । अर्थात खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि लगानीकर्ताले खरिद आवेदन दिन सकिनेछ ।

    यसका लागि काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत) मा लगानीकर्ताले खरिद आवेदन दिन सक्नेछन् । साउन १८ गतेसम्मआवेदन दिने अन्तिम म्याद तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij