
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कार्यभार सम्हाल्न विराटनगर पुगेका छन् । उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर भएसँगै पुनर्वहाली भएका कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्न लागेका हुन् । \
पत्रकारसँग कुरा गर्दै कार्कीले एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्नेमा जोड दिए । आफू मुख्यमन्त्रीमा दिन कांग्रेसलाई सहमत हुने तर आलोपालो स्वीकार नहुने बताए। आगामी १७ गते पूर्ण सरकार बन्ने उनले बताए ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की मुख्यमन्त्रीबाट बाहिरिएका थिए ।
तर, सर्वोच्च अदालतले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुत्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली भएका हुन् । कार्कीसँगै उनको मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुले तत्तत् मन्त्रालयमा कार्यभार सम्हाल्नेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij