
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रहरीले कल बाइपास गरेको आरोपमा कञ्चनपुरबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्जर महमद, प्रवीण खड्का र दीपकसिंह बोहरा रहेका छन् । महमद भारतीय नागरिक हुन् भने खड्का र बोहरा कञ्चनपुरकै बासिन्दा हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई साउन १० गते नियन्त्रणमा लिएको हो ।
यो समूहले पाँचतले घर भाडामा लिएर गत चार महीनादेखि कल बाइपास गर्दै आएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । प्रहरीले कल बाइपास गर्न प्रयोग गरिएका उपकरण समेत बरामद गरेको छ । कल बाइपासमा विदेशबाट आएको फोन नेपालकै नम्बरबाट आएको देखाउँछ ।
कल बाइपास गर्नेहरूले नेपाल भित्रिने अन्तर्राष्ट्रिय कललाई गेटवेभन्दा बाहिरबाटै भित्रिने र बाहिरिने बनाइदिन्छन् । यसो गर्दा नेपाल सरकारको राजस्व गुम्ने गरेको छ । आपराधिक गिरोहले पनि कल बाइपासको फोन प्रयोग गर्ने गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij