Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

गोरु काटेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटे

गोरु काटेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटे

  • काठमाडौं । खोटाङमा गोरु काटेको आरोपमा पक्राउ परेका एक महिलासहित पाँच जना धरौटीमा छुटेका छन् । ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका खिमायाँ तामाङ, दावा तामाङ, बुद्धिमान तामाङ, मोहन तामाङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ जुवुका हेमकुमार तामाङ हिजो रिहा भएका हुन् । 

    images
    images
    images

    उनीहरु जनही १० हजार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । जलेश्वरीको रमितेमा गोरु काटेर भाग लगाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले गएको असार ३१ गते पक्राउ गरेको थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij