Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। नक्कली सरकारी कार्यालय नै खडा गरेर नक्कली उपसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारी नियुक्त गरेर ठगी भइरहेको घटना सार्वजनिक भएको छ । कृषि मन्त्रालय अन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा काठमाडौं प्रहरीले दुई जनालाई पक्राउ समेत परेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बस्दै आएका मेलम्चीका ४७ वर्षे घनश्याम कटुवाल र लीला भोलन छन्। घनश्याम नक्कली सरकारी कार्यालयका उपसचिव हुन्। जो जयराम केसी भनेर उनको नाम नेमप्लेटमा लेखिएको थियो।
मकवानपुर बाग्मती गाउँपालिका ९ का ४० वर्षीय भोलनसँग मिलेर घनश्यामले सरकारी कर्मचारीको आवरणमा कार्यालय नै खडा गरेर ठगी धन्दा चलाएको अनुसन्धानबाट थाहा भएको छ।
प्रहरी वृत्त महाराजगञ्जले लामो अनुसन्धानपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।
तस्वीर साभार : नेपालभ्यू
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij